वानखेडे स्टेडियममा सचिनको पूर्णकदको प्रतिमा



एजेन्सी ।

बुधबार मुम्बईको वानखेडे स्टेडियममा विश्व क्रिकेटका महान् खेलाडी सचिन तेन्डुलकरको पूर्णकदको प्रतिमा अनावरण गरिने भएको छ ।

आईसीसी विश्वकप २०२३ अन्तर्गत भोलि बिहिवार हुने भारत र श्रीलंकाबीचको खेलको पूर्व सन्धा अर्थात् आज बुधबार मुम्बईको वानखेडे स्टेडियममा विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्डुलकरको पूर्णकदको प्रतिमा अनावरण गर्न लागिएको हो । सचिनको उक्त पूर्णकदको प्रतिमा स्टेडियम भित्र स्थापना गरिनेछ ।

सचिनले ब्याटिङ गरिरहेको स्वरूपमा तयार पारिएको उक्त प्रतिमालाई मंगलबारै अन्तिम रुप दिइएको थियो । सचिनको प्रतिमालाई वानखेडे स्टेडियमको उनको नामको स्टेड्स नजिकै स्थापित गरिनेछ । सचिनको यो प्रतिमा अहमदनगरका चित्रकार–मूर्तिकार प्रमोद काम्बले बनाएका हुन् । सन् २०१३ मा अन्तिम पटक भारतको लागि अन्तिम टेष्ट क्रिकेट खेलेको लगभग १० बर्षपछि तेन्दुलकरको घरेलु मैदानमा उनको प्रतिमा स्थापित गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्