महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


काठमाडौँ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका  संयुक्त राष्टसंघका महासचिव एन्टिनियो गुटेरिस बीच शिष्टाचार भेट भएको छ ।
आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार दिउँसो शिष्टाचार भेट गरेका हुन्  ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको बताउँदै नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सिद्धान्तमा पूर्ण रुपमा प्रतिबद्ध रहेको छ भने  ।

उनले  विद्यमान विश्व परिवेशमा देखा परिरहेको चुनौतीहरुको सन्दर्भमा संयुक्त राष्ट्रसंघले अझ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।  संयुक्त राष्ट्र संघीय मिसनले नेपालको शान्ति प्रक्रियामा खेलेको मध्यस्तकारी भूमिका नेपालका  लागि अत्यन्तै महत्त्वपूर्ण रहेको र  विश्वले नै उदाहरणीय मानेको नेपालको शान्ति प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघको भूमिका प्रशंसनीय भएको उनको भनाई थियो ।

संयुक्त राष्ट्र संघले विश्वशान्तिका लागि निरन्तर पैरवी गर्दै आएकोमा शान्तिको पक्षधर नेपाल संघप्रति आभार प्रकट गर्दै  शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्र संघले परिचालन गर्ने शान्तिसेनामा नेपालले सहभागिता जनाउँदै आएको स्मरण पनि गराए । उनले महासचिवको भ्रमणपछि शान्ति सेनामा नेपालको सहभागिता अझै बढ्ने विश्वास पनि व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघ लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रही आएकोमा  धन्यवाद दिँदै अध्यक्ष तिमिल्सनाले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा संयुक्त राष्ट्र संघ र यसका निकायहरूको सहयोगको हामीले अपेक्षा गरेका छौँ भने । “नेपाल जस्तो राष्ट्रले दिगो विकास लक्ष्य हाँसिल गर्नका लागि स्रोत साधनको कमी छ”, उनले भने “दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोगका क्षेत्रहरु बिस्तार हुनेछन भन्ने विश्वास लिएको छु।”

 विश्वव्यापी समस्याका रूपमा देखिएको जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघले गर्दै आएका क्रियाकलापहरू निकै महत्त्वपूर्ण भएको र जलवायु परिवर्तनबाट सिर्जना हुने असरहरूबाट उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकहरू यसका लागि संयुक्त राष्ट्र संघले अझै बलियो रूपमा लागि पर्नेमा विश्वस्त रहेको भनाई उनको थियो । “विकसित राष्ट्रले गरेको गल्तीबाट नेपाल जस्ता देशले भोगिरहेको समस्या प्रत्यक्ष देखेका कारण क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघबाट प्रभावकारी भूमिका हुनेछ भन्ने विश्वास लिएको छु।“ उनले भने ।

भेटमा महासचिव गुटेरेसले शान्ति प्रकृयामा नेपालले पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभाबकारी बनाउने विश्वास दिलाए  । उनले जलवायु परिवर्तनबाट परेको प्रभाव प्रत्यक्ष अनुभूत गरेको बताउँदै यसका असर न्यूनीकरणका लागि र पीडित राष्ट्रहरुले भोगिरहेको समस्या प्रति जानकार रहेको छु भने ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।