बास्केटबलका म्याजिक जोनसन अब अरबपति



न्युयोर्क  । 

इर्भिन म्याजिक जोनसन अरबपति बनेको बिजनेस म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको छ । फोब्र्सले सोमबार सार्वजनिक गरेको सूचीअनुसार चार खेलाडी अरबपति भएका हुन् । यसमा तीन खेलाडी अमेरिकी बास्केटबलका चर्चित खेलाडी माइकल जोनसन, म्याजिक जोनसन र लेब्रोन जेम्स रहेका छन् । एक अरबपति खेलाडी भने प्रसिद्ध गल्फर टाइक वुड्स हुन् ।

फोब्र्सले जोनसनको सम्पति १.२ अर्ब डलर रहेको जनाएको छ । अमेरिकाको मिचीगान राज्यका जोनसनले पहिलो पटक १९७९ मा एनबीएमा सहभागिता जनाएका थिए । यसपछि उनी एनबीएको इतिहासमा सर्वाधिक आदर्श खेलाडी बने । उनले खेलाडी करियरमा ५ पटक एनबीए च्याम्पियनसिप जितेका थिए ।

जोनसनले खेलाडी करियरमै अत्यधिक सम्पत्ति जोडेका थिए । फोब्र्सको अनुसार उनले एनबीए करियरबाट ४० मिलियन डलर कमाएका थिए । अर्को विभिन्न क्षेत्रमा गरेको लगानीबाट उनले धन आर्जन गरेको फोब्र्सको तथ्यांकमा उल्लेख गरिएको छ ।

जोनसनले लस एन्जल्समा रहेका तीन टिमको स्वामित्व लिएका छन् । उनले स्वामित्व लिएका तीन खेल टिमहरुमा डब्ल्यूएनबीएको लस एन्जेल्स स्पाक्र्स, एमएलबीको लस एन्जेल्स डजर्स दुई बास्केटबल टिमसहित मेजर लिग सकर (एमएलएस) को लस एन्जेल्स एफसी रहेका छन् ।

यस्तै जोनसनले यसै वर्षको शुरुवातमा एनएफएलको कमान्डर्समा लगानी गरेका छन् । यो अमेरिकाको फुटबल टिम हो । खेलबाहिर स्टारबक्स, बर्गर किंग र ट्वेन्टी फोर आवर्स फिटनेस र लाइफ इन्स्योरेन्स कम्पनी इक्वी ट्रस्टमा उनको लगानी रहेको छ ।

जोनसनले ७० को दशकमा जुत्ता कम्पनीले गरेको प्रस्ताव स्विकार गरेको भए पहिले नै अरबपति बन्ने बताए । उनलाई त्यतिबेला कन्भर्स, एडिडास र नाइकी कम्पनीले प्रति वर्ष १ लाखमा प्रति शेयरको ०.१८ डलर दिने प्रस्ताव राखेका थिए । साथै यी कम्पनीहरुले उनलाई एक जुत्ता बेचेकोमा १ डलर दिने पनि प्रस्ताव राखेको जोनसनले खुलासा गरेका थिए । तर, त्यतिबेला नाइकी नयाँ कम्पनी थियो । जोनसनले यसबारे त्यतिबेला केही ज्ञान नभएको बताए । उनले कन्भर्ससँग भने सम्झौता गरेको बताए । उनले हरेक वर्ष १ लाख डलर पाउने सम्झौतामा थियो ।

जोनसनले एक अन्तर्वातामा बताए कि पैसा नहुँदाको पीडा नमीठो हुन्छ । उनले बताए—हाम्रो परिवार पैसावाल थिएन । त्यसैले हामीलाई कहिलेकाही यसले पीडा दिन्थ्यो । जब तपाई पैसावाल होइन भने तपाईलाई कसैले वास्ता गर्दैनन् । मैले त्यतिबेला स्टक भनेको थाहा थिएन । यदि त्यतिबेला मैले ५ बिलियन डलर मात्रै कमाएको भए पनि अहिले यसको मूल्य धेरै नै हुने थियो ।

प्रतिक्रिया दिनुहोस्