बुद्धिचालको कावा अध्यक्षमा हेराकाजी 



काठमाडौं ।

नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जनलाई नियुक्त गरेको छ ।  महासंघको नवौं कार्यसमितिको बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजिनामा पत्र हस्तान्तरण गरेका थिए ।

गौतमको उपस्थित रहेको बैठकले राजिनामाको स्वीकृति पछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पुर्ण कार्यकारी अधिकार सहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेको थियो ।

पद भार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्