संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु हुँदैन : अध्यक्ष नेपाल


काठमाडौँ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका हुन् । उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

अध्यक्ष नेपालले अब सो विषयलाई टुंग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए ।

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरु विभिन्न परिक्षामा जाचिएर आएका उल्लेख गर्दै आफूहरु पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।