मुगु घटना : पोस्टमार्टमका लागि शव सदरमुकाम ल्याइयाे


सुर्खेत।

मुगुमा भएको सामूहिक हत्या घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको छ । शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याएको छ।

मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा विदेशबाट घर आइपुगेपछि मुचुल्का गरेर शवहरु पोस्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

कतारमा रहेका दीपक शनिबार बिहान ११ बजे घरमा पुगेका हुन् ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।