मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा



सुर्खेत ।

मुगुमा भएको एकै परिवारका चार जनाको हत्या घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको हो।

अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ ।

घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्