परराष्ट्रमन्त्री साउद अमेरिका जाने



k//fi6«dGqL PgkL ;fpb – cGtjf{tf{ OGbf]/ -dWok|b]z_, @) h]7 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú;Fu rf/lbg] cf}krfl/s ef/t e|d0fsf] k|ltlglwd08ndf /xg’ePsf k//fi6«dGqL PgkL ;fpb zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg’x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसङग समेत भेटवार्ता गर्ने छन् । उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउने छन् ।

नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् । परराष्ट्रमन्त्री कात्तिक १९ गते काठमाडौँ फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्