जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ



काठमाडौं ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ललितपुरको गोदावरी नगरपालिका–५ लेले बस्ने नविन सिलवालको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा ३५ वर्षीय सुरेन्द्र महतसहित दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद सात लाख ९९ हजार रुपियाँ, १६ थान कौडा, नौ बुक तास र दश थान मोबाइलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय अजय खड्का समेत नौ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख ६५ हजार ३ सय ९० रुपियाँ र चार बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्