सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार ९३ कात्तिक०का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्