ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो, १५ दिनभित्र दरखास्त माग



काठमाडौं ।

ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ।  महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको छ । पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्