नेपालबाट अस्ट्रेलिया र यूकेमा दुई लाखको तास निर्यात



काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०र०८१ को दुई महिनामा नेपालबाट दुई लाख रुपैयाँको तास निर्यात गरिएको छ । भन्सार विभागका अनुसार नेपालले अस्ट्रेलिया र युनाइटेड किङडम (यूके)मा तास निर्यात गरेको छ ।

यो अवधिमा अस्ट्रेलियामा दुई हजार र यूकेमा एक लाख ९८ हजार रुपैयाँको तास निर्यात गरिएको भन्सार विभागले जनाएको छ ।

यही अवधिमा नेपालले चीन र भारतबाट साढे ६ करोड रुपैयाँको तास आयात गरेको छ । चीनबाट ६ करोड एक लाख २१ हजार र भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको तास आयात गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्