काठमाडौं ढोरपाटन सिकार आरक्षसम्म ६ दिने राईड

0
Shares

काठमाडौं ।

काठमाडौंदेखि ढोरपाटन सिकार आरक्षसम्म ६ दिने बाइक राईड सञ्चालन हुने भएको छ । नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) ले आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म ४५ वटा बुलेट बाईकहरू समावेश गरी काठमाडौंदेखि ढोरपाटन सिकार आरक्षसम्मको ६ दिने राईड सञ्चालन गर्न लागेको हो ।

दशैं बिदाको सदुपयोग गर्दै यस वर्ष पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म ४५ वटा बुलेट बाईकहरू समावेश गरी काठमाडौंदेखि ढोरपाटन सिकार आरक्षसम्मको ६ दिने राईड सञ्चालन गर्न लागेको बुढाथोकीले बताउनुभयो । ूहरेक वर्ष नेपालका कम्तिमा पनि तीनवटा पर्यटकीय क्षेत्रको बुलेट राईड आयोजना गर्दै आएका छौं । यसभन्दा अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोक लगेको थियौं उहाँले बताउनुभयो।

सोही राईडको निरन्तरता स्वरूप यसपटक पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैठौं दिन पोखरादेखि काठमाडौ फर्केपछि उक्त कार्यक्रम समाप्त हुनेछ ।

Skip This