धादिङमा तीन सवारी ठोक्किँदा १२ जना घाइते



धादिङ ।

पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधबार भएको तीन सवारी एकआपसमा ठोक्किँदा १६ जना घाईते भएका छन् ।

धादिङबेसीबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नं.को बसले विपरित दिशावाट आउँदै गरेको बा ६० प ४८६९ न.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल उच्छिटिएर सोही दिशा तर्फ जाँदै गरेको बा.प्रदेश ०१/०२८ च ९३३६ नं.को कारमा समेत ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

घाइते मध्ये बा ६० प ४८६९ नं.को मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उनको श्रीमती २४ वर्षीय ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाडौ पठाइएको छ । अन्य १० जनाको स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाडौ ट्रमा सेन्टर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्