अन्तर वडा टीटीमा भक्तपुर २ लाई स्वर्ण



काठमाडौं  । 

भक्तपुर नगरपालिका वडा २ ले तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले ललितपुर महानगरपालिकाको वडा १२ लाई ३–० ले पराजित ग¥यो । भक्तपुर ५ र ललितपुर १७ तेश्रो बने ।

सिंगल्समा वडा २ की मन्जु सुवालले इशान्भी महर्जनलाई ११–४, ११–५ र ११–३ तथा अन्जु सुवालले रोशनी महर्जनलाई ११–६, ११–७ र ११–५ को सोझो सेटमा पराजित गरे । डबल्समा मन्जु र क्यारिना सुवालको जोडीले इशान्भी र रोनिशाको जोडीलाई ९–११, ११–१, १२–१० र ११–५ ले हराए ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा ललितपुर ६ पहिलो भयो । फाइनलमा ललितपुर ६ ले ललितपुर ७ लाई ३–१ ले पाखा लगायो । ललितपुर १२ र भक्तपुर ५ तेश्रो स्थानमा रहे ।

सिंगल्समा ललितपुर ६ का राजेन्द्र कपालीले डिकेन महर्जनलाई ११–७, ११–४ र ११–५ तथा एलेक्स महर्जनलाई ११–४, ९–११, ११–७ र ११–८ को सेटमा पन्छाए । डबल्समा राजेन्द्र र सन्जिलको जोडीले एलेक्स र डिकेनको जोडीलाई ९–११, ११–४, ११–९ र १२–१० ले निराश पारे । एलेक्सले सन्जिलमाथि ११–८, ११–७ र ११–९ को जित दर्ता गरे ।

प्रतिक्रिया दिनुहोस्