बेल्जियम र स्विडेनको खेल गोलाबारीपछि रद्द



ब्रसेल्स, (एजेन्सी) ।

स्विडेनविरुद्ध बेल्जियमको युरो २०२४ छनोट खेल रद्द गरिएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा गोली चलेपछि सो खेल पहिलो हाफ मात्रै सम्भव भएको थियो । गोलाबारी हुँदा स्विडेनका दुई नागरिकको निधन भएको थियो । यो खेल हुनुअघि भएको घटना पछि मात्रै थाहा भएको थियो ।

यो घटना आतंकवादीबाट गराएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । पहिलो हाफ सकिँदा बेल्जियम र स्विडेनबीचको खेल १–१ बराबरीमा थियो । यो घटनाको जानकारीपछि खेलाडी र दर्शकलाई सुरक्षाका लागि रंगशालामै राखिएको थियो । पछि उनीहरूलाई सुरक्षित स्थानसम्म पु¥याइएको थियो । स्विडिस टोलीलाई विमानस्थलसम्म पु¥याउन कडा सुरक्षा दिइएको थियो ।

स्विडेनका मेनेजर याने एन्डरसनले सोमबारको घटना पहिलो हाफमा थाहा भएको बताए । उनले बताए—पहिलो हाफ सकिएर ब्रेकमा मैले सूचना पाएँ । तत्कालै मैले महसुस गरेँ कि, यो पूरै वास्तविक लागेको थिएन । हामी कस्तो संसारमा रहेका छांै ? म लकर रुममा आएँ र हामीले निधन भएका नागरिक र उनीहरूको परिवारको सम्मानमा खेल्ने चाहेनौं । सोसल मिडियामा अरेबियामा बोलिएको व्यक्तिले यो घटनाको जिम्मेवारी लिएको पनि भिडियो पोस्ट भएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्