कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने


विराटनगर ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आउँदो बुधबार प्रदेश सभामा उनले राख्ने विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, यसअघि पार्टी केन्द्रीय कमिटीको सहमति लिने निर्णय गरेको छ ।

गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।