कोशी प्रदेश- दशैंअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री केदार कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दशैंअगाडि नै विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिने प्रयोजनका लागि आगामी कात्तिक १ मा प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले हिजो (आइतबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै विश्वासको मत लिने तयारी गरेका छन् ।

आज (सोमबार) कोशी प्रदेशसभा सचिवालयको जारी सूचनाअनुसार कात्तिक १ गते बुधबार बिहान ११ बजे बैठक आह्वान गरेको जानकारी गराएको छ ।

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्