एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मालाई ‘डायस्पोरा विजनेश अवार्ड’



काठमाडौं ।

गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा विजनेश अवार्ड’बाट सम्मानित भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए । शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन् । गैरआवासीय अभियानमा करिब दुई दशकदेखि सक्रिय शर्मा समाजसेवामा समेत सक्रिय छन् ।

शर्मासँगै प्रधानमन्त्री प्रचण्डले सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’सहित सम्मान गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आरके शर्मासहित आफ्नो व्यवसायमा उच्च स्थान बनाएका व्यक्तिलाई सम्मान गर्न पाउदा आफू गौरवको विषय भएको बताए । सिजन मिडियाले डा. भगवान कोइराला, निर शाह, डा. राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए ।

शर्माले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो एजेण्डा सार्वजनिक गरेर आफ्नो एजेण्डा सार्वजनिक तथा अध्यक्षमा उम्मेदवारी दर्ता समेत गराएका छन् । शर्माले २४ महिनामा २४ बाचा गर्ने सहित आफ्नो बाचापत्र ल्याएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बाचापत्र सार्वजनिक गरेका थिए ।

उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागिपर्ने पनि बताए । ‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ ।

मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’ शर्मा कतारमा सन् २००३ मा पुगेका थिए । कतारमा जागिरे जीवनबाट सफल उद्यमीको परिचय शर्माले बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्