कोशी प्रदेश

देउवा, ओली र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता, कांग्रेस-एमाले गठबन्धनको सरकारबारे छलफल



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आज (आइतबार) बिहान कार्कीले निवासमै पुगेर देउवा र ओलीसँग भेटवार्ता गरेका हुन् । दुवै जनासँगको भेटमा मुख्यमन्त्री कार्कीले कांग्रेस–एमालेबीचको गठबन्धन सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेका छन् ।

उक्त छलफलमा ओली ढुक्क भए पनि देउवाले भने प्रष्ट जवाफ नदिएको स्रोत बताउँछ । देउवा–ओलीसँगको छलफलमा कार्कीले आफ्नो नेतृत्वको सरकारलाई दायाँ–बायाँ हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै उनले आजै केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्