एलिना र सजिना विजयी



राजधानीमा सम्पन्न दोस्रो स्पेस एन्ड डिजाइन एक्स्पो २०२३ मा एलिना ताम्राकार र सजिना सुवाल विजेता भएका छन्।

ललितपुरको पुलचोकस्थित लबिम मलमा शुक्रबार सम्पन्न प्रतियोगितामा क्याफे थिमबाट एलिना तथा थेसिसतर्फ सजिना विजेता घोषित भएका हुन्। एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो र तीव्रता खड्का तेस्रो भए भने निशा खड्का पब्लिक च्वाइस अवार्ड विजेता भइन्।

थेसिसतर्फ कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठ तेस्रो र दीक्षित खड्का पब्लिक च्वाइस अवार्ड विजेता भइन्। विजेतालाई कार्यक्रमका प्रमुख अतिथि माल्टाका अवैतानिक वाणिज्य दूत तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए।

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजनामा भएको एक्पोको बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्वमन्त्री भीमसेनदास प्रधानलगायतले शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा मेयर महर्जनले सो कलेजबाट ग्राजुयट विद्यार्थीलाई सर्टिफिकेटसमेत प्रदान गरेका थिए। आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइनसम्बन्धी अध्ययन गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्