शुभकामना सँगसँगै सम्मान



१२÷१३ मिलाप मासिक पत्रिकाले हालै राजधानीमा बडा दशै“–२०८० शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ।

प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंहद्वारा उनका माता पिताको नाममा स्थापित टीका गोपाल गीत–संगीत विशेष सम्मान–२०८० गीतकार डा. डीआर उपाध्यायलाई प्रदान गरिएको थियो। त्यसैगरी, साहित्यकार खेमनाथ दाहाल, गीतकार अमर वान्तु र अम्बिका गुरुङलाई मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो। मिलापका प्रकाशक÷सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्मात्री तथा निर्देशक रोशनी केसी, गीतकार कवि प्रकाश सुवेदी, निर्देशक कलाकार शेखर खनाल, भिडियो सम्पादक निर्देशक निशानबाबु घिमिरे, मोडल दीपक घिमिरे, गीतकार प्रदीप पाण्डे र समीर राई, साहित्यकार रमेश दाहाल, गायक चित्रकार सुरेन्द महर्जन लगायतलाई विशेष सम्मान गरिएको थियो। यस्तै, पत्रकार सूर्य चन्द, अक्कल कु”वर, लेखनाथ पोखरेल, सुमित रजक र रमेश बोहोरालाई मिलाप पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

मिलापकी कार्यकारी सम्पादक तथा कार्यक्रम संयोजक गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दीप ज्योति थापाले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्