प्रचण्ड, देउवा र शेखर कोइरालाबीच लिखित सहमति



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता शेखर कोइरालासँग लिखित सहमति गरेका छन्।

सत्तारूढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका कांग्रेस नेता कोइरालासँग सबैजना सत्ता गठबन्धनप्रति दृष्ढ र स्पष्ट रहेको भनेर सहमति गरेका हुन्।

शनिबार बिहान भएको सहमतिमा सत्ता गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने भनिएको छ। तीन नेताबीचको सहमतिपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्