मनाङ एयर दुर्घटना अपडेट: घाइते पाइलटलाई ह्याम्स अस्पताल लगियाे



काठमाडौं ।

दुर्घटनामा परेको मनाङ एयरका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको छ।

घाइते पाइलट सेढाईलाई बेहोस अवस्थामा ह्याम्स अस्पतालमा उपचारका लागि हेलिकप्टरमार्फत् ल्याइएको मनाङ एयर स्रोतले जानकारी दिएको छ।मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

प्रतिक्रिया दिनुहोस्