राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने



काठमाडौं ।

राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दैछ । कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिउँसो १ बजे देखी लगनखेलमा सुरु हुनेछ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त एकजुट बन्न आग्रह गर्दै राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका साथै संघीयताको खारेजीका लागि जनआन्दोलनको तयारी स्वरुप सो प्रदर्शन गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्