कोशीमा मुख्यमन्त्रीको टुंगो आज



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ ।

कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की दुवैले गरेको दावीमा आज टुंगो लाग्ने भएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरूमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफनो समूहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ । सो समूहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ ।

सो आन्तरिक बिवादका कारण उत्पन्न परिस्थितिबारे परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराए ।

। जसअनुसार काेशीमा शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्