कांग्रेस कोशी प्रदेशमा किचलो- संस्थापनइतर पक्षलाई कारबाही गर्न बोलाइयो बैठक



काठमाडौैं । कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो थप बढेको छ ।

कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेस संस्थापनैतर पक्षले विद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा शुरू भएको छ ।

कोशी सरकारको भावी नेतृत्वका लागि शेखर-गगन पक्षले प्रतिपक्षी नेकपा (एमाले)को समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि कांग्रेसमा किचलो देखिएको हो ।

कार्की समूहले गरेको विद्रोहका बारेमा तत्काल निर्णय लिन संसदीय दलको बैठक आज बोलाइएको छ ।

बिहान ११ बजेदेखि शुरू हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाईएको छ ।

तर, कार्की समूहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्