एक्सिसको पाइला



लोकप्रिय सांगीतिक समूह एक्सिस ब्यान्डले ६ वर्षपछि नयाँ गीत पाइला आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको छ।

पाइलामा व्यक्तिलाई हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ। ब्यान्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि (पीभीई नेटवर्क) को प्रस्तुतीमा नयाँ गीत बजारमा ल्याएसँगै एक्लो जीवन, पैसा र विस्तारै बोलको गीत पनि तयार पारेको छ। एक्लो जीवन र विस्तारै प्रेम भावका गीत भएको तथा पैसामा भने जीवनमा पैसाको महत्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रंग फेर्छ भन्ने अथ्र्याइएको ब्यान्डले जनाएको छ।

ब्यान्डमा सन्दीप विश्वकर्मा (भोकलिस्ट), राजीव खड्का र निखिल सिकर्मी (गितार), सजिन महर्जन (बेसिस्ट) र अमूल्य श्रेष्ठ (ड्रम) रहेका छन्। ब्यान्डले यसै वर्ष नेपाल, भारत र अस्ट्रेलियाको टुर गर्ने जनाएको छ। बिहीबार पोखराको किङ्स लाउन्जमा कन्सर्ट गरेको ब्यान्ड शुक्रबार चितवन गार्डेन रिसोर्ट र शनिबार द कन्सेप्टमा प्रस्तुत हुँदैछ।

सन् २००३ मा स्थापना भएको एक्सिसनले सन् २००४ मा ब्ल्याक एन्ड ह्वाइट नामक एल्बम बजारमा ल्याएको थियो भने २००९ मा माफ गर र २०१७ मा घर गाउँ नामक एल्बम सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्