नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेशन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड



 काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेसन जरुरी रहेको बताउँनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउँनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो -‘नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेशन जरुरी छ । हामीले अहिलेसम्म अपनाउँदै आएका नीति कार्यक्रम निर्माणको प्रक्रियाा र बजेट निर्माणमा सुधार आवश्यक छ । अहिलेको कार्यक्रमा पुरानै प्रक्रिया अपनाउँनुको विकल्प भएन ।

आगामी नीति कार्यक्रम निर्माण र बजेट बनाउँने विषयमा मेजर अपरेसनको तयारीमा छौं ।’ सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने प्रधानमन्त्रीको भनाई थियो । ०८०/८१को बजेट निर्माणमा विगतका योजनाको समिक्षा र आगामी योजनाबारे सोचिने उहाँले बताउँनुभयो । ‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन ।

रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , ‘वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ । तर, मूल सुधार बाँकी छ ।’ नीजी क्षेत्रका सबैले अर्थतन्त्र के गरी सुधार्ने भन्ने सुझाब राखेर आफ्नो योजनालाई साथ दिएको बताउँनुहुँदै कार्यक्रमा धारणा राख्नेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सबैका सुझाब र भावनालाई ग्रहण गर्दै सरकार अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन तयार रहेको उहाँले बताउनुभयो । ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ

प्रतिक्रिया दिनुहोस्