दशैं तिहार मान्ने गाउँघरमै



हिन्दूहरूको नजिँकिदो चाडबाडलाई लक्षित गर्दै दशैं तिहार मान्ने गाउँघरमै बोलको गीत हालै सार्वजनिक भएको छ।

लोकप्रिय गायक तथा सर्जक रेशम थापाको लय र शब्द रहेको गीतमा गायकहरू दिनेश भण्डारी, ईश्वर सापकोटा र विष्णु थापाको साथमा गायिकाहरू सुशीला देवकोटा, चन्द्रवती नेपाली र लक्ष्मी तिमल्सिनाको स्वर रहेको छ। गीतले लामो समदेखि परिवारसँग बिछोडिएर परदेशी भूमिमा बस्न बाध्य अधिकांश नेपाली युवा र उनीहरूको घर परिवारको कथा बोल्छ। जसले चाहेर पनि दशैं–तिहार सँगै मनाउन पाएका छैनन्।

स्वदेश फर्किएर परिवारका साथ गाउँघरमै दशैं–तिहार मनाउने योजनामा तयार पारिएको गीतमाथि त्यसको भावअनुसारको भिडियो तयार पारिएको छ। केही समयअघि अस्वस्थ भई उपचारपश्चात् हाल स्वास्थ्यलाभ गरिरहेका गायक रेशमको थापाको थप स्वास्थ्य सुधारको कामना गर्दै शुरु हुने भिडियोमा हुम गैरेको निर्देशन र सम्पादन रहेको छ। गीतको भिडियोमा सिर्जना मगर, राकेश थापा, विनोद कँडेल, शरण थामी, राधिका गिरी, अप्सरा पराजुली र नरमाया फुयाँलले अभिनय रहेको छन्। केशव अधिकारीको छायांकन रहेको गीतको भिडियो दिनेश भण्डारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्