जिल्लाकै उत्कृष्ट कलेज बन्यो बेलर

कक्षा ११ अध्ययन गर्न ६ सय २० जना भर्ना भए



काभ्रे
बेलर इन्टरनेशनल स्कुल बनेपाले कक्षा ११ भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ उर्तिण हुने विद्यार्थीहरुलाई विदाई गरेको छ । विभिन्न विषयमा भर्ना भएका विद्यार्थीहरुलाई फरक फरक दिन विदाई र स्वागत कार्यक्रम आयोजना गरिएको हो ।
‘विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ उर्तिण भएकालाई विदाई गर्ने कार्यक्रम नियमित हो’–विद्यालय प्रिन्सिपल इन्दु थापाले भनिन–‘यो वर्ष विद्यार्थीहरुका प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उदेश्यले विषयगत रुपमा फरक फरक गरी तीन दिनसम्म स्वागत र विदाई कार्यक्रम राखिएको छ ।’ एउटा विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्ना प्रतिभा देखाउँदा कम्तिमा चार घण्टा समय लाग्ने अवस्था देखिए पछि विद्यालयले सबै विद्यार्थीहरुलाई अवसर दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बताए ।
 
काभ्रेपलाञ्चोक जिल्लामा नीजि तथा सामुदायिक क्षेत्रबाट संचालन भएका विद्यालयहरु मध्ये धेरै विद्यार्थी भर्ना भएको विद्यालय बेलर हो । जहाँ कक्षा ११ मा मात्रै चालु शैक्षिक सत्रमा अध्ययन गर्न ६ सय २० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुले ब्यवस्थापन तर्फ होटल तथा ट्राभलसँग सम्वन्धित विषयमा अध्ययन गर्नेछन भने विज्ञान तर्फ बायोलोजी र कम्प्युटर विषयमा अध्ययन गर्नेछन् ।
ब्याचलर तहका विभिन्न कार्यक्रममा विद्यालयले काठमाडौ विश्वविद्यालय लगायतसँग समन्वय र शैक्षिक साझेदारी गरी गुणस्तरीय शिक्षा कायम गर्दै आएको छ । कक्षा १२ मा ३ सय ९१ विद्यार्थी मध्ये ९८ प्रतिशत उर्तिण भए । ३.८० जिपिए मार्फत जिल्ला दोस्राे भएको उक्त विद्यालयको चालु शैक्षिक सत्रमा कक्षा १२ मा ४ सय ४५ जना विद्यार्थी भर्ना भएका छन् ।  विद्यालयले आयोजना गरेको कार्यक्रमको पहिलो दिन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथि थिए ।
शाक्यले नगरपालिकाले शिक्षलाई प्राथमिकतामा राखेको बताए ।
वडा अध्यक्ष हिटलर शाक्य, पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पौडेल, निवर्ततमान अध्यक्ष मोतीराम तिमल्सिना, रोटरी क्लव पनौतीका अध्यक्ष मधुसुदन गुरागाई, शिक्षक विकास बजगाई लगायतले बेलर स्कुलले काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्