इजरायल युद्धमा गोली लागेका प्रविण डाँगीको खुट्टाको अपरेशन सफल


इजरायल युद्धमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीको स्थानीय अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उनले अस्पतालको बेडबाटै शल्यक्रिया सफल भएको भिडियो सन्देश पठाएका छन् । सो भिडियोमा उनले भनेका छन्, भर्खरै अपरेशन सक्सेस भयो । यो खबर मेरो घरसम्म पुर्‍याइदिनू । अपरेशन सफल भएको खबर घरसम्म पुर्‍याइदिनु भन्दै उनले फोन नम्बरसमेत दिएका छन् ।

दंगीशरण गाउँपालिका–३ हेकुलीका उनी गत २६ भदौमा बीएस्सी एजीको प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए । २२ वर्षीय डाँगीको खुट्टामा गोली लागेको थियो । अपरेशनपछि डाँगीका बुबा निमबहादुरसँग कुराकानीसमेत भएको वडाअध्यक्ष सुकलाल चौधरीले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।