एमाले सुदूरपश्चिममा नयाँ नेतृत्व चयन- सहमतिमा ब्रेक, अध्यक्षमा ४ जनाको प्रतिस्पर्धा



काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि जारी उक्त प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताका लागि समयतालिका निर्धारण गरेको थियो ।

पूर्वनिर्धारित तालिका अनुसार नै उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । बेलुकी ५ बजेदेखि मतदान शुरू गर्ने पालले बताए ।

यद्यपि यसअघि अध्यक्ष केपी शर्मा ओली स्वयंले सहमतिमा पदाधिकारी टुंग्याउन सुझाव दिएका थिए । उक्त प्रयास सफल हुन नसकेको एमाले सुदूरपश्चिमका एक नेताले बताए । योसँगै सहमतिमा टुंग्याउने ओलीको चाहनामा ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्