एसियाड पदकधारीलाई नगरपरिक्रमा गराउने कार्यक्रममा फेरबदल

0
Shares

काठमाडौं ।

१९औं एसियाली खेलकुदका पदक विजेता खेलाडी तथा अफिसियललाई नगर परिक्रमा गराउने कार्यक्रममा फेरबदल भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार एसियन गेम्सका पदक विजेताहरुलाई स्कटिङ र बाजागाजा सहित नगरपरिक्रमा गराउने कार्यक्रममा फेरबदल गरिएको जनाएको हो । एसियन गेम्समा सहभागी नेपाली टिम मंगलबार बिहान ११ बजे काठमाडौं ओर्लने कार्यक्रम रहेको छ । नेपालले एसियन गेम्समा एक रजत र एक काँस्य पदक जितेको थियो । नेपालका लागि करातेबाट एरिका गुरुङले ऐतिहासिक रजत पदक र महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव सम्राट कुसारीले मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले पूर्व निर्धारित कार्यक्रममा फेलबदल गरिन लागेको बताए । उनले नेपाली टिमलाई एयरपोर्टबाट स्कटिङ गरी राखेप परिसरसम्म ल्याइने र औपचारिक रुपमा खेलाडी तथा नेपाली टिमका सदस्यलाई बधाई दिएर कार्यक्रम गरिने बताए।