एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुशार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुन् ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३० मत ल्याएका छन् । यस्तै २६ मत भने बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य थिए भने ढकाल केन्द्रीय कमिटी सदस्य छन् ।

यसैगरि सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् । उनले ५२४ मत ल्याउँदा उनका प्रतिस्पर्धि उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन् ।

यसैगरि २ जना उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । मोरङका खेमराज नेपाली भने पराजित भए । राईले ६१०, राजवंशीले ६२८ र नेपालीले ३९७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा निर्वाचितहरु सबै खतिवडा पक्षकै रहेका छन् ।

यसैगरि समावेशी क्षेत्र (अपांग) १ जनामा ६४६ मतका साथ सीता पौडेल, मुस्लिम खुल्ला २ जनामा ४३६ मतका साथ आविद हुसेन मियाँ र ५५४ मतका साथ नजिमा खातुन विजयी भएका छन् । यस्तै आदिवासी खुल्ला २ जनामा ७०८ मतका साथ आनन्द कुमार लिम्बू र ४९९ मतका साथ पदमबहादुर राई विजयी हुँदा आदिवासी महिला १ जनामा ५४६ मतका साथ मौसम राई विजयी भएका छन् ।

यस्तै जनजाति खुला सदस्य २ जनामा ३७७ मतका साथे जेवी थुलुङ र रुपादेवी कन्दङ्वा २९९ मतका साथ विजयी भए । जनजाति महिला १ जनामा ५२९ मतका साथ मधु गुरुङ, मजदुर ३ जनामा ५२२ मतका साथ अम्बिर कुमार लिंदेन, ४४६ मतका साथ किशोर धमला र ६१४ मतका साथ भीमज्वाला राई विजयी भएका छन् । मजदुर महिला २ जनामा ५३३ मतका साथ डोमा राई र ५६८ मतका साथ निर्मला परियार विजयी भएका छन् ।

हल खुल्ला सदस्य ४ जनामा ४४० मतका साथ सत्यनारायण चौधरी, ४७१ मतका साथ लालप्रसाद साँवा एल. पी., ३९७ मतका साथ लक्ष्मण तिवारी र ३९९ मतका साथ कविता राई विजयी भएका छन् । यस्तै लेखा समिति उपाध्यक्षमा ४१८ मतका साथ मदन बसेल विजयी भए । अन्य सदस्यहरुको भने मतगणना हुँदैछ ।

यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रदेश कमिटी सदस्य पदमा केही जिल्लामा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा जम्मा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका थिए । कुल ९ सय ९७ प्रतिनिधिमध्ये २० जना अनुपस्थित भएका थिए । गएराति १० बजेदेखि सुरु भएको मतदान विहान ५ बजजेतिर मात्र सकिएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।
त्यसैगरी प्रदेशका पाँचथर, इलाम सोलुखुम्वु र धनकुटामा भुगोलतर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

पाँचथरबाट ४ जना खुल्ला सदस्यमध्ये भवानीप्रसाद लिङ्देन, गोविन्द तामाङ, नरेन्द्रकुमार बस्नेत, धनकुमार पियाकको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् । यस्तै महिलातर्फ आशारत्न जवेगु र करुणा राई र युवातर्फ दिनेशकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् ।

मोरङबाट युवा महिला निर्विरोध निर्वाचित भएका छन् । ४ जना युवा निर्वाचित गर्नुपर्नेमा दुई महिला ज्योती चौहान र फुलथुङ्गा खतिवडा निर्विरोध भएका छन् । धनकुटाबाट दलितमा यज्ञकुमारी रुचाल निर्विरोध भएकी छन् । तेह्रथुममा पनि दलितबाट अनुभूती बम नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

इलामबाट १७ जना नै निर्विरोध भएका छन् । खुल्लातर्फ १०, महिलातर्फ ५, युवा १ र दलित १ गरी १७ जना नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताएका छन् । इलामबाट खुल्लाबाट धनकुमार श्रेष्ठ ओमनारायण खनाल, केशव शर्मा, कृष्णकुमार शाह, यामप्रसाद अधिकारी, जयप्रकाश राई, काजीमान कागते र गणेश बराल निर्विरोध भएका छन् । महिलातर्फ रिपल राई, शकुन्तला लेप्चा, वृन्दा विश्वकर्मा, सावित्रा शिवा र टीकादेवी घिमिरे, युवातर्फ राजकुमार थापा र देवेन्द्र विश्वकर्मा निर्विरोध भएका छन् ।

सोलुबाट ८ जना सदस्य निर्विरोध भएका छन् । खुल्लाबाट उत्तमकुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र महेश किराती निर्विरोध भएका छन् । महिलातर्फ सूर्यकुमार सुनुवार, पार्वती राई र टासील्हामु शेर्पा निर्विरोध भए । युवामा चरित्र भुजेल र दलितमा डाकबहादुर रणपहेली पनि सदस्य बनेका छन् ।

ताप्लेजुङबाट युवातर्फ देवसेन आङ्वुहाङ्ग र दलितमा बुद्धिमान परियारको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका छन् । खोटाङमा महिलातर्फ विनादेवी राई, दिलकुमारी राई र पुष्पकला भुजेलको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध भएका छन् । दलितमा खोटाङकै चर्चबहादुर विश्वकर्मा पनि निर्विरोध भएका छन् ।

भोजपुरबाट युवामा रोशन बस्नेत र दलितमा सञ्जना दर्जी निर्विरोध भएका छन् । मजदुरमा महिलातर्फ माया भण्डारी र निर्मला परियार साथै खुल्लामा सदस्यमा सुशीला पहाडी ढकाल र रुफीना गुरुङ निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्