एमाले गण्डकी प्रदेश अधिवेशनका लागि ९०७ जना प्रतिनिधि


पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पाेखरा आई पुगेका छन ।

एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन आजदेखि पाेखरामा शुरु हुँदैछ ।

सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन । अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदैछु ।’

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।