एमाले कोशी प्रदेश- मतदान सकियो, गणना हुँदै



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत राती राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । र, मतदान सम्पन्न भए पछि केही बेर पछि मत गणना सुरू गर्ने तयारीमा निर्वाचन समिति रहेकाे छ ।

प्रथम कोशी अधिवेसनवाट भावी अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्