वागमती प्रदेश सभाको बैठक बस्दै



हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो विधेयकमाथि सोमबार पनि छलफल जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्