एमाले कोशी प्रदेश- नयाँ नेतृत्वका लागि मतदान हुँदै, अध्यक्षको प्रतिस्पर्धामा खतिवडा र ढकाल



काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ ।

नेतृत्व चयनका निम्ति बिहान ११ बजेदेखि मतदान सुरु हुनेछ ।

मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोसी अधिवेशनमा अध्यक्ष पदका निम्ति दुईजनाले उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विराटनगरकै विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्