एमाले कर्णाली प्रदेश अधिवेशन आजबाट– १३५ सदस्यीय समिति चुन्ने तयारी



काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अधिवेशन शुरू हुँदैछ । आज (बुधबार)बाट उक्त प्रदेश अधिवेशन शुरू हुने एमाले सुर्खेतले जनाएको छ ।

अधिवेशनबाट झन्डै १३५ कमिटी चयन हुने बताइएको छ । सुर्खेत सिटी हलमा केहीबरेमै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त अधिवेशनको उदघाटन गर्नेछन् ।

अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ ।

कर्णाली प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको प्रदेश इञ्चार्ज लेखराज भट्टले बताए । यद्यपि सहमति जुट्न सकेन भने निर्वाचन हुने भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्