एरियाना रकम लिएर सम्बन्ध विच्छेद् गर्न तयार



चर्चित हलिउड नायिका तथा गायिका एरियाना ग्रान्डे वैवाहिक जीवनलाई लिएर चर्चामा छिन्।

पति डाल्टन गोमेजका साथ सन् २०२१ मा विवाह गरेकी एरियानाको सम्बन्ध विच्छेदको खबर सञ्चार माध्यममा छाएपछि उनी चर्चामा आएकी हुन्। पेज सिक्सका अनुसार केही समयदेखि सम्बन्धमा दरार आएपछि एरियाना र डाल्टन एक अर्कास“ग छुट्टिन लागेका हुन्। हालै, एरियानाको तर्फबाट अमेरिकाको लस एन्जल्सस्थित अदालतमा उनको वकिलले सम्बन्ध विच्छेदको निवेदन दायर गरेपछि डाल्टनले पनि सोही किसिमको निवेदन दायर गरेका हुन्। समाचारअनुसार रियलस्टेट व्यवसायी डाल्डनलाई एरियानाले सम्बन्ध तोडेको क्षतिपूर्तिस्वरूप ठूलो रकम हस्तान्तरण गर्नेमा सहमति भएको छ। गत जुलाईमा नै आफूहरू छुट्टिन लागेको बताइए पनि हालै मात्र एरियानाले सम्बन्ध विच्छेदको निवेदन दिएकी हुन्।

सञ्चार माध्यमका अनुसार आफू अभिनीत फिल्म विक्डको क्रममा लन्डन गएपछि उनीहरूको सम्बन्धमा दूरी आएको थियो। एरियानाको फ्यान रहेका डाल्टन र एरियानाको भेट सन् २०२० मा भएको थियो। एरियानाले जस्टिन बिबरका साथ गाएको स्टक विथ युको म्युजिक भिडियोमा स”गै काम गरेका उनीहरूको जोडी छुट्टिने खबरले भने उनीहरूको फ्यानलाई दुःखी तुल्याएको छ।

पप विधामा सर्वाधिक सफलता हासिल गरेकी एरियानाको गीत–संगीतलाई पछ्याउने दर्शकको जमात ठूलो छ। ब्रेक अप विथ योर गर्लफ्रेन्ड, कज आई एम बोर, सेभ योर टियरजस्ता गीतमार्फत संसारभरका दर्शकको मनमा बस्न सफल उनले ग्रामी, एमटीभीजस्ता थुप्रै अवार्ड चुमेकी छन्।

प्रतिक्रिया दिनुहोस्