एमाले वागमती प्रदेश अधिवेशन- अध्यक्षका आकांक्षी ५ भन्दा बढी, विद्युतीय मेसिनमार्फत मतदान



काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान गरिने भएको छ ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गरिने उक्त अधिवेशनका लागि विद्यु्तीय मेसिनमार्फत मतदान गरिने एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए ।

अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुने फुयाँलले बताए । उनका अनुसार काठमाडौँका विभिन्न स्थानबाट नेता तथा कायकर्ताहरू झाँकीसहित अधिवेशनस्थल प्रवेश गर्नेछन् ।

अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जनाको प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौंका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षी छन् । तर, नेतृत्व चयनका लागि सकभर सहमतिमै टुंग्याउने प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस्