जानकीलाई चाहियो काठमाडौंमा घर



गीतकार तथा संगीतकार जानकी पन्थले तीज केन्द्रित गीत अब त चाहियो काठमाडौंमा घर बजारमा ल्याएकी छन्।

अलिफ खान र अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीत संयोजन महेन्द्र भण्डारीको छ। गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आप्mनो एउटा घर जोड्न नसक्दाको पीडालाई समेटिएको छ भने अर्कोतिर तराईजस्तो उर्वर भूमि बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सन्देश दिन खोजिएको छ।

गीतको भिडियोमा एसराज गराच र अनु शाहका साथमा बालकलाकारहरू दया र आदित्यले अभिनय गरेका छन् भने निर्देशन सुब्रत आचार्य, नृत्य निर्देशन सन्तोष राजबाहक, नृत्य संयोजन मोहन राई, छायांकन दिनेश पराजुली र सम्पादन विष्णु खड्काको छ।

प्रतिक्रिया दिनुहोस्