समाजवादी मोर्चाको वागमती प्रदेशस्तरको सन्देशसभा हेटौँडामा



हेटौडा, । समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन ।

एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालका अनुसार देशैभरी सन्देश सभा गर्दै आएको मोर्चाले आइतबार बाग्मती प्रदेशको सन्देशसभा हेटौडामा गर्न लागेको हो ।

मोर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्