लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि निर्वाचन- ३ घण्टामा ४० प्रतिशत मतदान



काठमाडौं । लुम्बिनीमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । उक्त निर्वाचनमा अहिले मतदान जारी छ ।

बिहान ९ बजेदेखि जारी मतदानमा झन्डै ४० प्रतिशत मतदान भएको निर्वाच समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

बुटवलमा भइरहेको एमाले प्रथम प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्