एमाले लुम्बिनी : कँडेल र रिजालबीच भारी प्रतिस्पर्धा, सचिवमा लक्ष्मण आचार्य निर्विरोध



रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

बुटवलमा तीन दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा मतदान चलिरहेको छ । आज (मंगलबार) बिहान ९ः३० बजेदेखि मतदान भइरहेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षसहित अन्य पदाधिकारीमा सहमति जुट्नल नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको भण्डारीले बताए । अध्यक्षका प्रत्यासी पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच भारी प्रतिस्पर्धा भइरहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन सभा तथा बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिए पनि अन्ततः निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्