लुम्बिनी प्रदेशमा एमाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै



काठमाडौं । लुम्बिनि प्रदेशमा नेकपा (एमाले) नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जाने भएको छ । आज (सोमबार) बिहान निर्वाचनका लागि उमेदवारी मनोनयन हुने भएको हो ।

अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उमेदवारी दिएको एमालेले जनाएको छ । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् ।

अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न नमानेपछि निर्वाचन हुने भएको छ ।

उम्मेदवारी दर्ताका लागि १० बजेसम्म समय तोकिएको छ । अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस्