ललितपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



ललितपुर ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटी रहेका छन् । नगरकोटीले १६ वर्षीया किशोरीलाई शनिबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्