खोलाले बगाएर छोराको मृत्यु, आमा बेपत्ता 



सिन्धुली। 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ वर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो ।

उनकी  आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् । गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा करिब १ किलोमिटर उत्तर पूर्वमा रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काट्न गएका थिए । आज (शनिवार) सम्म आमा छोरा घर नफर्केपछि स्थानिय र प्रहरीले खोज तलास गर्नेक्रममा हरिहरपुरगढी गाउँपालिका ६ को क्यानखोला र खड्कुलेखोलाको दोभानमा छोरा राजकुमारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनकी  आमा मायाको खोजी कार्य भइरहेको सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्