ग्यास चुहिएर आगलागी हुँदा दम्पती घाइते



रामेछाप ।

ग्यास चुहिएर भएको आगलागीमा परी रामेछापमा एक वृद्ध दम्पती घाइते भएका छन्।

रामेछापको मन्थली नगरपालिका-११ गेलुमा शनिबार भएको घटनामा घाइते हुनेमा ७८ वर्षीय जनक श्रेष्ठ र उनकी श्रीमती ७८ वर्षीया मोतीमाया श्रेष्ठ रहेका छन्।

घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीले घरमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्